Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

५७ बोरा जडिबुटीसहित आठविसकोटबाट दुई युवा पक्राउ

बिहीबार, फागुन १०, २०८०
tribeni2

रुकुम पश्चिम । अवैध रुपमा वन पैदावार (जडिबुटी) ओसारपसार गरेको आरोपमा रुकुम पश्चिममा दुई जना पक्राउ परेका छन् । 

डिभिजन वन कार्यालय रुकुम पश्चिमले अवैध रुपमा वन पैदावार (पाँगर) ओसारपसारमा संलग्न रहेको भन्दै दुई जनालाई हिरासतमा राखी अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।

डिभिजन वन कार्यालय रुकुम पश्चिमका प्रमुख शेरबहादुर परियारका अनुसार पक्राउ पर्नेहरुमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर ५ निवासी ३१ वर्षिय बिक्रम रावल र जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्वर ५ निवासी २३ वर्षिय आनन्द बुढा रहेका छन् । उनीहरुको साथबाट ५७ बोरा अवैध वन पैदावार बरामद गरेको बताईएको छ । 

आरोपीहरुहरुलाई आठविसकोट नगरपालिका -९ गिजाबाट इलाका प्रहरी कार्यालय आठविसकोटको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहिका लागि आठविसकोट सब डिभिजन वन कार्यालयलाई बुझाइएको थियो । 

डिभिजन वन कार्यालयले वन ऐन, २०७६ बमोजिम कारबाहिको लागि मुद्धा चलाएको छ । निजहरुको विरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कार्यालय प्रमुख परियारले जानकारी दिनुभयो। 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  २०:३४
प्रतिक्रिया दिनुहोस्