Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट १२ का हस्तराम मृत अवस्थामा फेला

शुक्रबार, फागुन ११, २०८०
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १२ का एक पुरुष मृत अवस्थामा फेला परेका छन् । 

वडाको जुम्लाबाङ निवासी ५१ वर्षिय हस्तराम खड्का मुसिकोट नगरपालिका १२ र त्रिवेणी गाउँपालिका ७ को सिमाना नजिकै मृत अवस्थामा भेटिनुभएको हो । 

वडा अध्यक्ष धिरण सिर्पालीका अनुसार आफ्नै घरदेखि करिब दुई सय मिटर टाढाको दुरीमा उहाँ मृत अवस्थामा फेला पर्नुभएको हो । 

गएराती नै उहाँको मृत्यु भएको हुनसक्ने बताईएको छ । उहाँको टाउकोमा गहिरो चोट रहेको बताईएको छ । अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । 

आवश्यक कागजातपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याईने प्रहरीले जनाएको छ । घटना शंकास्पद रहेको भन्दै आफन्तजनहरुले निश्पक्ष छानबिनको माग गरेका छन् । 

मृतक खड्काका दुई छोरा, दुई छोरी र श्रीमती हुनुहुन्छ । उहाँ गाउँमा ज्यालामजदुरी गर्दै आउनुभएका सामान्य परिवारका व्यक्ति हुनुहुन्छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्