Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
महिलाको हत्या

सल्यानका कविरामले यसरी मारे आफ्नै श्रीमती

२०७८ कार्तिक ३
tribeni2

सल्यान / मंगलबार मध्य राती सल्यानमा एक महिलाको हत्या भएको छ ।

जिल्लाको कुमाख गाउँपालिका वडा नम्वर ५ तिमिलेका ४७ बर्षिय कविराम खड्काले आफ्नै श्रीमती ४२ बर्षकी कलि खड्काको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

राति सवा ११ वजेको समयमा कविरामले मादक पदार्थ सेवन गरेर सुतिरहेकी श्रीमतिलाई धारिलो हतियार (बसुलो) प्रहार गरेका थिए । छोराछोरिसँगै सुतिरहेकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कविरामले हतियारले श्रीमतीको टाउको र घाँटिमा प्रहार गरी घाईते बनाएका थिए । अत्याधिक रक्तश्रावको कारण कलिको घटनास्थलमै मृत्यु गएको थियो ।

घरायसी विवादको कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको र थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी टोली घटनास्थल पुगेको बताईएको छ ।

कविरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ०९:१०
प्रतिक्रिया दिनुहोस्