Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जितमान पुन 'मार्सल' को मुद्दामा परमादेश जारी

आइतबार, फागुन १३, २०८०
tribeni2

काठमाडौँ । चरेस ओसारपसार मुद्दामा पक्राउ परेका जनमुक्ति सेनाका पूर्वकमाण्डर जीतमान पुन 'मार्सल' को मुद्दामा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । अदालतले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै जिल्लाबाटै पुनः सुनुवाइ गर्न परमादेश जारी गरेको हो ।
यसअघि उनकी पत्नीले स्वच्छ सुनुवाइको मौका नदिएको, म्याद तामेल नभएको, पिताको नामसमेत फरक परेको कारण पुनः सुनुवाइ हुनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले यस्तो आदेश गरेको हो ।

पूर्वी रुकुम घर भएका मार्सल काठमाडौँको मच्छेगाउँबाट गत माघमा पक्राउ परेका थिए । जिल्ला अदालत दाङबाट भएको फैसला कार्यान्वयनका लागी उनलाई पक्राउ गरिएको थियो ।

उनी विरुद्ध २ वर्ष ६ महिना कैद र २० हजार जरिवाना हुने फैसला भएको थियो । पक्राउपछि जिल्ला अदालत काठमाडौँको आदेशले उनलाई कारागार कार्यालय डिल्लीबजारमा थुनामा पठाइएको छ । २०७२ मा दाङ जिल्ला अदालतले लागु औषध चरेस ओसारपसार मुद्दा दोषी ठहर गरेर कैद र जरिवाना तोकेको थियो ।- रातोपाटी 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्