सोसल मिडिया
सुर्खेतको सिम्तामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा आईतवार साझ एक जनाको मृत्यु भएको छ ।
सल्यानको सल्लीबजारबाट सुर्खेतको गोजी बजारतर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेकाे भ १ त ४५ नम्बरको ट्याक्टर सिम्ता गाउँपालिका–६ जामुनेबजारमा एक आपसमा ठोक्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका –३ यरीचोक निवासी २८ वर्षीय विजय राना रहेको अस्थायी प्रहरी पोष्ट बादेपिपलले जानकारी दिएको छ । राना पेशाले इन्जिनियर हुनुहुन्छ । उहाँ स्याक नेपालमा कार्यरत हुनुहुन्थ्यो । दुर्घटनामा परेर मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका -१ ढोडेखालीका २३ वर्षीय रुपेश गिरी घाइते हुनुभएको छ । उहाँको अवस्था गम्भिर रहेको र उपचारका लागि मेहलकुना अस्पतालमा ल्याइएको बताइएको छ। ट्याक्टर चालक भने फरार रहेको र खोजी भईरहेको प्रहरीले जनाएको छ ।