Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिडाँडामा रहेको भूकम्प मापन यन्त्र 'जिपिएस स्टेशन' सुचारु

सोमबार, फागुन १४, २०८०
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –४ मुसिडाँडामा रहेको भूकम्पमापन यन्त्र ‘जिपिएस स्टेशन’ सञ्चालनमा आएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रको एक टोली आएर मर्मत गरेपछि उक्त स्टेशन सोमबारबाट पुनः सुचारु भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका बरिष्ठ भूकम्पविद् डा. लोक विजय अधिकारीका अनुसार उक्त स्टेशन करिब पाँच वर्ष पहिला जडान गरिएको थियो । तीन वर्षअघि बिग्रिएको उक्त जिपिएस स्टेशन विज्ञसहितको टोली आएर मर्मत गरेपछि आजबाट पुनः सुचारु भएको हो । 

उक्त स्टेशनमा रहेको ब्याट्रि लगायतका केहि उपकरणहरुमा खराबी आएको थियो । डा. अधिकारीका अनुसार उक्त स्टेशनले भूकम्पपछि जमिनको सतह तलमाथी, दायाँबाया सरेको मापन गर्दछ । प्रत्येक सेकेन्ड र प्रत्येक तीस/तीस सेकेन्डमा यस जिपिएस स्टेशनले जमिनको चाल मापन गर्ने उहाँको भनाई छ ।  
भूकम्प मापन केन्द्रले देशका विभिन्न ५१ वटा स्थानमा यस खालका जिपिएस स्टेशन स्थापना गरेको छ । केहि स्टेशनहरु प्राविधिक समस्याका कारण अहिले नियमित सुचारु हुन नसकेको बताईन्छ । भूकम्प मापन केन्द्र सबै स्थानमा रहेका भूकम्प मापन यन्त्रहरु सञ्चालनको लागि योजना अघि सारेको छ । 
यसैगरी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर –४ मेघामा केन्द्रले सिस्मोमिटर जडान गरेको र नियमित सञ्चालनमा रहेको जनाएको छ । यसले भूकम्पको तरंग मापन गर्ने भूकम्पविद् डा. अधिकारीले जनाउनुभयो । 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्