Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हुम्लामा ६ जनाको परिवारलाई पहिरोले पुर्यो

प्रहरी चौकी पनि सम्पर्क बिहिन
२०७८ कार्तिक ३
tribeni2

हुम्ला / मंगलबार रातीबाट हुम्लाका एकै घरका ६ जना बेपत्ता भएका छन् । जिल्लाको हुम्लाको खार्पुनाथ गाउँपालिका– ५ खर्पेलमा राती आएको पहिराले घर पुरिँदा एकाघरका ६ जना बेपत्ता भएका हुन् ।

खर्पेलका धनवीरे शाहीको घरमाथि पहिरो आउँदा उनीसहित परिवार नै पुरिएर बेपत्ता भएको हुम्ला प्रहरीले जनाएको छ ।

हुम्लाका डीएसपी हेरम्भ शर्माका अनुसार, पहिरोमा पुरिएर धनबिरे शाही, कलबहादुर शाही, आसा शाही र उनका ११, ५ र ३ वर्षीय छोरासहित ६ जना बेपत्ता भएका छन् ।

उनको घरमाथि मंगलबार राति ८ बजे पहिरो आएको थियो । भारी वर्षापछिको पहिरोले धनबिरेको घरसँगै परिवार नै पुरिदिएको छ ।

लगातारको वर्षा र रातको समय भएकाले घटनास्थलमा सदरमुकाम सिमकोटबाट सुरक्षाकर्मी जान सकेका छैनन् । घटनास्थल नजिकैको याङ्चु प्रहरी चौकीसँग पनि वर्षाका कारण सम्पर्क हुन नसकेको स्थानीयको भनाइ छ ।

बिहान मात्र जिल्ला सदरमुकामबाट उद्धारको निम्ति संयुक्त सुरक्षा टोली पठाउने तयारी भएको हुम्लाका प्रहरी प्रमुख डिएसपी हेरम्ब शर्माले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १०:१०
प्रतिक्रिया दिनुहोस्