Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कालिका सामुदायिक वनमा आगो लाग्दा ९ सय विरुवामा क्षती

सोमबार, फागुन १४, २०८०
tribeni2

पछिल्लो समय डढेलोका घटनाहरु बढीरहेका छन् । सोमबार मुसिकोट नगरपालिका -६ को कालिमाटी सामुदायिक वनमा उपभोक्ता समिति चेनडाँडा कानेबाङमा आगलागी भएको छ । आगलागीबाट करिब नौ सय विभिन्न प्रजातीका विरुवाहरुमा क्षती पुगेको छ । 

डिभिजन वन कार्यालय रुकुम पश्चिमका प्रमुख शेरबहादुर परियारका अनुसार अज्ञात व्यक्तिले लगाएको आगाेले पछिल्लो समय वन क्षेत्रमा हानी नोक्सानी भईरहेको छ । सोमबार दिउँसो कालिमाटी सामुदायिक वनमा भएको डढेलोले करिब नौ सय विरुवामा क्षती पुगेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आगलागीबाट खर्सु, बाज, लालिगुराँस, अङयार लगायत विभिन्न प्रजातीका करिव १ हेक्टर क्षेत्रफल बराबर वन क्षेत्रमा रहेका बोट बिरुवामा क्षति पुगेको छ ।

मुसिकोट नगरपालिकाका नगर प्रहरी सहायक निरिक्षक उमेश केसीका अनुसार आगलागि भएको सूचना पश्चात डिभिजन वन कार्यालयका कर्मचारीहरु, मुसिकोट नगर प्रहरीकाे टाेली उक्त क्षेत्रमा पुगेको थियो ।

वन उभोक्ताहरुहरु समेतको प्रयासमा वन डढलो नियन्त्रणमा लिईएको केसीले जानकारी दिनुभयो । वन डढेलोको सूचना पश्चात डिभिजन वन कार्यालयबाट फरेष्टर रमित रावत र मुसिकोट नगरपालिकाबाट नगर प्रहरी सहायक निरिक्षक केसीसहितको टोलि उक्त स्थानमा पुगेको थियो । 

समयमै आगलागी नियन्त्रणमा लिएर थप क्षति हुनबाट जोगाउन सफल भएको नगर प्रहरी सहायक निरिक्षक केसीले बताउनुभयो । 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  २२:०९
प्रतिक्रिया दिनुहोस्