Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्पले क्षतिग्रष्त घेत्मा स्वास्थ्य चौकीमा अस्थायी स्वास्थ्य संरचना निर्माण

त्रिपालबाट हुदै आएको सेवा प्रवाह अब अस्थायी संरचनाबाट
मंगलबार, फागुन १५, २०८०
tribeni2

भूकम्पबाट क्षतिग्रष्त भएको आठविसकोट नगरपालिका १४ को घेत्मा स्वास्थ्य चौकीमा अस्थायी स्वास्थ्य संरचना निर्माण भएको छ । विश्व स्वास्थ्य संगठनद्वारा निर्मित उक्त संरचना मंगलबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । 

विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश संबाजिराव पाण्डवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीलाई र प्रवक्ता डा. बुढाथोकीले आठविसकोट नगर प्रमुख रबि केसीलाई उक्त भवन हस्तान्तरण गर्नुभएको हो । 

कार्यक्रममा बोल्नुहुँदै आठविसकोट नगरपालिका प्रमुख रबि केसीले उक्त भवनबाट नागरिकहरुलाई स्वास्थ्य सेवा दिन सहज हुने बताउनुभयो । गत कार्तिक १७ गतेको भूकम्पको कारण स्वास्थ्य चौकी भवन क्षतिग्रष्त भएपछि त्रिपालबाटै सेवा प्रवाह हुँदै आएको थियो । नगर प्रमुख केसीले अस्थायी स्वास्थ्य संरचना निर्माणले यस क्षेत्रका आम नागरिकमा खुशि छाएको उल्लेख गर्नुभयो । 

429885927_3565619290363939_5421737321248991540_n1709051055.jpg

घेत्मा स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक देव बहादुर चन्दले स्वास्थ्य चौकीको सेवा नव निर्मित अस्थायी स्वास्थ्य संरचनाबाट सुरु गरिएको बताउनुभयो । उहाँले विश्व स्वास्थ्य संगठनले तीन कोठे, महिला र पुरुषको छुट्टाछुट्टै शौचालयको व्यवस्था भएको अस्थायी निर्माण गरिएको जानकारी दिनुभयो । त्रिपालबाट सेवा दिनुपर्दा विभिन्न कठिनाईहरु भोग्नुपरेको बताउँनुहुँदै स्वास्थ्य चौकी प्रमुख चन्दले अब सर्वसाधारणहरुलाई स्वास्थ्य सेवा दिन केहि सहज हुने उल्लेख गर्नुभयो । 

कार्यक्रममा आठविसकोट नगर प्रमुख रबि केसीले विश्व स्वास्थ्य संगठनको टिमलाई सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो । 

a059ba20-51cc-480a-b92e-ab9788c2a7281709051068.jpg

आठविसकोट नगरपालिका प्रमुख केसीको अध्यक्षतामा भएको उक्त संरचना हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो भने विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश संबाजिराव पाण्डवको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख वृषबहादुर शाही, स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका व्यवस्थापक डा. शुशिल पोखरेल, वडा नम्वर १४ का वडा अध्यक्ष हुकुम बहादुर पुन लगायतको आतिथ्यता रहेको थियो । 

429858203_3565619850363883_2211646566413005955_n1709051056.jpg

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  २२:००
प्रतिक्रिया दिनुहोस्