सोसल मिडिया
रुकुम पश्चिमको चौरजहारी नगरपालिका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूले जग्गा प्राप्त गर्ने भएका छन् ।
राष्ट्रिय भूमि आयोगको कार्य जिम्मेवारी, ऐन र कार्यविधिबमोजिम जग्गा प्राप्त गर्ने भएका हुन् । जग्गा प्राप्तिका लागि आवेदन पेस गरेका ४९० आवेदन पेस भएका छन् । राष्ट्रिय भूमि आयोगको लगत सङ्कलन कार्यविधिबमोजिम मङ्गलबार वडा नम्वर १, २, ३ र ४ का आवेदन पेस गरेका १२२ जनालाई निस्सा वितरण गरिएको छ ।
चौरजहारी नगर प्रमुख पुष्प वादी, राष्ट्रिय भूमि आयोग रुकुम पश्चिमका अध्यक्ष मीनबहादुर ओली र आयोगका विज्ञ सदस्य सुशील विष्ट लगायतले भूमिहीन दलित, सकुम्वासी र अव्यवस्थित बसोवासीहरूलाई पहिलो चरणमा निस्सा वितरण गर्नुभएको हो ।
पहिलो दिन १४ जना भूमिहीन दलित, २ जना सुकुम्वासी र १०६ जना अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिएको हो । बाँकी आवेदकको निस्सा सम्बन्धित वडामार्फत् वितरण गरिने चौरजहारी नगरपालिकाको कार्यालयले जनाएको छ ।
निस्सा वितरण आवेदन दर्ता गरेको प्रमाण भएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताउनु भयो । यो प्रारम्भिक चरणको कार्य हो उहाँले भन्नुभयो यसको दावी विरोधको सूचना आह्वान हुने र अन्तिम टुङ्गो लागेकाहरूको विवरण वडा, नगरपालिका कार्यालय हुँदै भूमि आयोगको जिल्ला कार्यालयमा पुग्छ ।
वास्तविक भूमिहीन र अव्यवस्थित बसोवासीहरूको पहिचान गरी नापीनक्सा समेतको कार्य पश्चात् जग्गाधनी प्रमाण पत्र समेत प्राप्त हुने बताइएको छ । आफ्नो स्वामित्त्वमा भूमि नभएकाहरूका लागि जग्गा प्रदान गर्ने कार्य जनहीतमा आधारित भएको भूमिहीनहरूले बताएका छन् । भूमिहीन दलितले जग्गा प्राप्त गर्नु मौलिक हकको सच्चा कार्यान्वयन भएको उनीहरूको प्रतिक्रिया दिएका छन् ।
चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीको अध्यक्षता रहेको कार्यक्रममा राष्ट्रिय भूमि आयोग रुकुम ९पश्चिम० का अध्यक्ष मीनबहादुर ओली, विज्ञ सदस्य सुशील विष्ट, नापी कार्यायल रुकुम ९पश्चिम० का प्रमुख तुलसीराम भुसाल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दल लगायतको उपस्थिति रहेको थियो ।