Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाल विवाह राेक्न विवाहको निमन्त्रणा कार्डमा बेहुला-बेहुलीको जन्ममिति अनिवार्य

बुधबार, फागुन १६, २०८०
tribeni2

रुकुम पश्चिमको एक वडाले विवाहमा दिइने निमन्त्रणा कार्डमार्फत बाल विवाह, मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि पहल सुरु गरेको छ।

जिल्लाको आठविसकोट नगरपालिका वडा नम्बर ३ ले विवाहको निमन्त्रणा कार्डलाई बाल विवाह, मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि प्रयोग गर्ने जनाएको छ ।  

वडा अध्यक्ष केशरमान बिकले वडा क्षेत्रमा हुने विवाहमा निमन्त्रणा गरिने कार्डमा अनिवार्य रूपमा बेहुला बेहुलीको जन्मदर्ता उल्लेख गर्नुपर्ने बताउनुभयो । यसका साथै निमन्त्रणा कार्डमा नै विवाह गर्ने घरमा मदिरा र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने, नगराउने प्रतिबद्धता समेत उल्लेख हुनुपर्ने सूचना वडाले सार्वजनिक गरेको छ । 

वडा अध्यक्ष बिकले वडाक्षेत्रमा मदिरा र सुर्तीजन्य पदार्थ निषेध गरिएको बताउनुभयो । वडा सरकार बाल विवाह विरुद्धको कानुनी ब्यबस्था कार्यान्वयनतर्फ कडाईका साथ लागेको छ । यसका लागि विवाहको निमन्त्रणा कार्डलाई पनि उपयोग गर्न खोजिएको वडा अध्यक्ष बिकले जनाउनुभयो । 

विवाहको कार्डमा नै यस्तो खबर पठाइएमा बाल विवाह नियन्त्रण हुने र सार्वजनिक स्थान तथा समारोहमा मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोग बन्द हुने वडा कार्यालयको विश्वास रहेको छ । 

यसैगरी आठविसकोट नगरपालिका वडा नम्बर १४ ले पनि मदिराजन्य पदार्थ नियन्त्रणका लागि एक सूचना जारी गरेको छ । वडा अध्यक्ष प्रेम पुनका अनुसार वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था लगायतका सार्वजनिक क्षेत्र वरिपरी भित्र मदिरा सेवन तथा बिक्रीवितरणमा रोक लगाईएको छ ।

उहाँले सार्वजनिक क्षेत्रको पाँच सय मिटर क्षेत्रभित्र मदिराजन्य पदार्थ बिक्रि विरतणमा रोक लगाईएको जनाउनुभयो । सूचनाको वेवास्ता गरिएमा कारबाहि हुने समेत वडा कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्