Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लोकेन्द्र परियार

२०७८ कार्तिक ३
tribeni2
चौरजहारी नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत एकजना विद्यार्थी क्यालकुलेटर किन्न पसलमा आए र मैले सोधे 
म: बाबु कति कक्षामा पढ्छौ ?
बिद्यार्थि: कक्षा ७ मा 
म: क्यालकुलेटर किन्ने बेला भाछैन बाबु तिम्रो अहिले त जोड,घटाउ,गुणन,भाग आफै गर्ने र सिक्ने बेला हो ।
बिद्यार्थी: साथिहरु सबैले किनेका छन ।
म: बाबु एउटा प्रश्न सोधु? 
बिद्यार्थी: हुन्छ ।
म: ७×८ कति हुन्छ? 
विद्यार्थी: अकमक्क 
मलाइ लाग्यो सामुदायिक बिधालय मा पढाउने करिब ७०% शिक्षकहरु करारका छन र उनिहरु खुसि छैनान । प्रथमतः तलबमै ठगिए, डिग्री पास गरेको छ सामान्य मजदुरको एक दिन बराबरको पारिश्रमिक छैन ,न पोशाक पौउछन,न चाडपर्व भत्ता पाउछन अझ कहिले काहीं अनुपस्थित भएमा तलब कट्टि हुन्छ । प्रबिधिको नाममा अनावश्यक करोडौ खर्च गर्ने मेरो नगरपालिका शिक्षकको आत्मासन्तुष्टि जगाउन सकेन र फलस्वरूप ७/८ कक्षामा पढ्ने बिद्यार्थी गुणा जान्दैन । बाहिरबाट हेर्दा मज्जाका भवनहरु छन तर गुणस्तर यस्तो छ । कसैलाइ पर्ला कि त्यो विद्यार्थी कमजोर पर्‍यो होला हाम्रा बिद्यार्थी हरु A+ ल्याउने छन तर केहिले A+ र धेरै फेल हुदा गुणस्तर मापन कहाँ पुग्छ?
(लोकेन्द्र परियारको फेसबुकवालबाट)
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ११:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शेर प्रसाद ढकाल
२०७८ कार्तिक ३

नरेन्द्र केसी
२०७८ कार्तिक ३

एसपी ढकाल
२०७८ कार्तिक ३