Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अवैध वन फडानी आरोपमा दुई जना पक्राउ

शनिबार, फागुन १९, २०८०
tribeni2

रुकुम पश्चिममा वन क्षेत्रमा अवैध फडानी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

डिभिजन वन कार्यालय रुकुम पश्चिमले एक जना महिला र एक जना पुरुषलाई राष्ट्रिय वन क्षेत्रमा अवैध वन फडानी गरेको आरोपमा पक्राउ गरेको जनाएको छ । 

डिभिजन वन कार्यालयका प्रमुख शेर बहादुर परियारका अनुसार रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ४ निवासी ४० वर्षिया कमला बि.क. र मुसिकोट नगरपालिका वडा नम्वर ११ निवासी ४४ वर्षिय कृष्ण बहादुर पुनलाई पक्राउ गरिएको हो । 

पुनलाई शुक्रबार र  बि.क.लाई बिहिबारका दिन पक्राउ गरिएको हो । दुवै जनालाई स्थानीयस्तरको राष्ट्रिय वन क्षेत्रमा अवैध रुख कटान गरेको आरोप लागेको छ ।  

बि.क.ले ११ वटा सल्ला प्रजातिको रुख र पुनले ४२ वटा मौवा प्रजातिसहितका अन्य रुख अवैध रुपमा काटेको बताईएको छ । 

बि.क.लाई रुकुम जिल्ला अदालतबाट तीन दिन र पुनलाई सात दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा राखिएको छ । 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्