Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अखिल नेपाल ट्रेड युनियन महासंघ बाँफिकोटको अध्यक्षमा पूर्ण

शनिबार, फागुन १९, २०८०
tribeni2

अखिल नेपाल ट्रेड युनियन महासंघ बाँफिकोटको भेला सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भेलाले पूर्ण बहादुर ओलीको अध्यक्षतामा ११ सदस्यीय पालिकास्तरिय कमिटी गठन गरेको छ । 

भेलाबाट उपाध्यक्षमा हर्क बहादुर नेपाली, सचिवमा कर्णबिर खत्री, सहसचिवमा  पुर्ण प्रसाद शर्मा शर्मा र कोषाध्यक्षमा जंग बहादुर खत्री चयन हुनुभएको छ । 

त्यसैगरी सदस्यहरुमा पशुपति खत्री, रत्ने मल्ल, टिका खत्री बुढा, चन्द्रकला बिक र टोप बहादुर गिरी चयन हुनुभएको छ । 

बिर बहादुर खत्रीको अध्यक्षतामा भएको महांघको भेलाको उद्घाटन सत्रमा केन्द्रिय सदस्य हरिलाल डिसीको प्रमुख आतिथ्यता र तिलकराम शर्माको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा माओवादी केन्द्रका बाँफिकोट गाउँ कमिटी अध्यक्ष चन्द्र बहादुर केसी लगायतको आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  २०:२३
प्रतिक्रिया दिनुहोस्