Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा स्वास्थ्य संस्थाको मापदण्ड परीक्षण, कोटजहारी उत्कृष्ट

शनिबार, फागुन १९, २०८०
tribeni2

रुकुम पश्चिमकाे चौरजहारी नगरपालिकाले  स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड परीक्षण गरेको छ ।

स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको अवस्था र सुधारको पृष्ठपोषका लागि मापदण्ड परीक्षण गरिएको हो ।  नगरपालिका अन्तर्गतका पहिलो चरणमा विभिन्न छ वटा स्वास्थ्य संस्थाको मापदण्ड परीक्षण गरिएको छ । 

मापदण्ड परीक्षण हुनेमा कोटजहारी प्राथमिक स्वास्थ्य केन्द्र, पूर्तिमकाँडा स्वास्थ्य चौकी र खोलागाउँ स्वास्थ्य चौकी रहेका छन् । त्यसैगरी विजयश्वरी स्वास्थ्य चौकी खहरे, नुवाकोट स्वास्थ्य चौकी र वडा नं. १३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको पनि मापदण्ड परीक्षण गरिएको छ ।

मापदण्ड परीक्षणमा कोटजहारी प्राथमिक स्वास्थ्य केन्द्रले ९५ अङ्क सहित सबैभन्दा बढी अङ्क प्राप्त गरेको छ । त्यसैगरी नुवाकोट स्वास्थ्य चौकीले ८५, विजयश्वरी स्वास्थ्य चौकीले ८१, पूर्तिमकाँडा स्वास्थ्य चौकीले ७७,  वडा नं. १३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रले ७३ र खोलागाउँ स्वास्थ्य चौकीले ६९ अङ्क प्राप्त गरेका छन् । सुशासन र व्यवस्थापन, क्लिनिक सेवा व्यवस्थापन र स्वास्थ्य संस्था सहयोग व्यवस्थापनका पक्षमा केन्द्रित भएर कार्यसम्पादनमा आधारित अङ्क प्रदान गरिएको थियो ।

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमुख रामबहादुर सुनार, स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका प्रतिनिधि जनस्वास्थ्य अधिकृत पुष्पा के.सी., स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव शंकरबहादुर ओली लगायतको टोलीले न्यूनतम मापदण्ड परीक्षण गरेको थियो ।

स्वास्थ्य संस्थाहरूको सेवा प्रवाहको अवस्था पहिचान र सुधारका लागि मापदण्ड परीक्षण महत्त्वपूर्ण आधार भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताउनुभयो । ‘यो पहिलो चरणको कार्य हो’, उहाँले भन्नुभयो ‘सबै स्वास्थ्य संस्थाहरूको गुणस्तर परीक्षण गरी अवस्था पहिचान र सुधार तथा दण्ड र पुरस्कारमा गुणस्तर परीक्षणलाई उपयोग गरिनेछ’ ।

चौरजहारी नगरपालिका अन्तर्गत एक वटा नगर अस्पताल, एक वटा प्राथमिक स्वास्थ्य केन्द्र, चार वटा स्वास्थ्य चौकी, आठ वटा आधारभूत स्वास्थ्य केन्द्र, एक वटा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  २०:२६
प्रतिक्रिया दिनुहोस्