Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हुम्लामा पहिरोमा पुरिएका ४ जनाको मृत्यु, २ जना बेपत्ता

पहिरोमा पुरिएको घरको गोठमा रहेका गाईगोरुलाई जिबितै उद्धार
२०७८ कार्तिक ३
tribeni2

हुम्ला / लगातारको वर्षासँगै आएको पहिरोले घर पुरिँदा खार्पुनाथ–५ खर्पेलगाउँमा ४ जनाको ज्यान गएको छ भने २ जना बेपत्ता भएका छन ।

खर्पेलगाउँ स्थित बिचदउडामा रहेको धनबिरे शाहीको घरमा मंगलबार राति माथीबाट खसेको पहिरोले घर पुरीदा धनबिरेसँगै कलबहादुर शाही, आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोरा पुरिएका थिए ।

घरपछाडिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका मध्ये कलबहादुर शाही, उनकी श्रीमती आसा शाही, ५ र ३ बर्षिया २ छोरा सहित ४ जनाको ज्यान गएको । धनबिरे शाही र १४ बर्षको छोरा अलेन्द्र शाहीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माले बताउनुभयो ।

मंगलबार रातिको समय भएकाले उद्धारमा कठिनाइ भएकोमा जिल्लाबाट अहिले संयुक्त सुरक्षा टोलीले उद्धार गर्दा ४ जना मृत अबस्थामा भेटीएको र २ जनाको खोजी भईरहेको डिएसपी शर्माले जनाए । 

पहिरोमा पुरिएको घरको गोठमा रहेका गाईगोरुलाई जिबितै उद्धार गरिएको बताईएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्