Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रकृति र मानवबीचको संघर्ष सन्तुलित बन्नुपर्छः मुख्यमन्त्री शर्मा 

‘चोरी शिकारी नियन्त्रण युवा परिचालन अभियान’ उद्घाटन
आइतबार, फागुन २०, २०८०
tribeni2

बर्दिया । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रकृति र मानवबीचको संघर्षलाई सन्तुलित राख्नुपर्ने बताउनुभएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जद्वारा आज बारबर्दिया नगरपालिका ९ बर्दिया खैरेनीस्थित सतखलुवा स्वामीको वृक्षारोपण गरी ‘चोरीशिकारी नियन्त्रण युवा परिचालन अभियान’ उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले प्रकृतिको उचित संरक्षण र उपभोगविना मानव अस्तित्व खतरामा जाने बताउनुभयो । यसका लागि मानव गतिविधि प्रकृतिमैत्री हुनुपर्ने उहाँको भनाई थियो ।  

मुख्यमन्त्री शर्माले भन्नुभयो, “प्रकृतिसँगको आजको मानव व्यवहारले भोलिको पुस्ताको जीवन निर्धारण गर्दछ । तसर्थ वातावरण जोगाएर दिगोरुपमा उपयोग गर्न वन र वन्यजन्तु संरक्षणमा स्थानीय समुदायको भूमिका अत्यावश्यक छ । प्रकृति अर्थात् वन र वन्यजन्तु संरक्षण र उपभोगको नेतृत्व अब युवा पिंढीले गर्नुपर्दछ ।” 

“वन र वन्यजन्तु मानिसका साथी भएको उल्लेख गर्दै तिनको संरक्षण गर्ने कार्यलाई आयआर्जनको माध्यम बनाउनुपर्छ,” उहाँले भन्नुभयो, “आम्दानीको केही हिस्सा सेवा क्षेत्रका समुदायले पाउनुपर्छ र त्यसको धेरै हिस्सा सेवा क्षेत्रको विकासमा लगानी गरिनुपर्छ ।” 

वातावरण जोगाउने नाममा जनतालाई आधारभूत अधिकारबाट बञ्चित गर्न नहुने बताउँदै मुख्यमन्त्री शर्माले निकुञ्जको संरक्षणका साथै त्यस क्षेत्रमा हुने विकासको गतिलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले पछिल्लो समयमा निकुञ्ज क्षेत्रमा वन्यजन्तुको संख्यामा वृद्धि हुँदै गएको बताउनुभयो ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व कम र प्रकृति संरक्षण गर्न सबै सरोकारवालाहरुको उत्तिकै भूमिका छ,” उहाँले भन्नुभयो, “वन र वन्यजन्तुको संरक्षणले मानव अस्तित्व पनि जोगिदै जान्छ । चोरी शिकारी नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले युवाको सक्रियतामा वन र वन्यजन्तु चोरी शिकारी रोक्न सकिने भएकाले अभियान सञ्चालन गरिएको बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समयमा निकुञ्ज क्षेत्रमा बढ्दै गएको चोरी शिकारी रोक्न अभियानले सारथीको भूमिका निर्वाह गर्नेछ । यसबाट युवामा सचेतता ल्याउन सहयोग पुग्नुका साथै वन वातावरण संरक्षणका गतिविधि सञ्चालनमा मद्दत पुग्नेछ । उक्त अभियानमा तीन हजार युवाको सहभागिता रहने अध्यक्ष आचार्यले बताउनुभयो ।

429475516_418013490724250_3448628926634189580_n1709473452.jpg

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १९:२४
प्रतिक्रिया दिनुहोस्