Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

औद्योगिक प्रदर्शनी प्रतियोगितामा तीन उद्योगी पुरस्कृत

सोमबार, फागुन २१, २०८०
tribeni2

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमले आयोजना गरेको औद्योगिक प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको छ । मुसिकोट खलङ्गाको बराहटाकुरामा संचालित रुकुम पश्चिम महोत्सवमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको आयोजनामा औद्योगिक प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा जिल्लाभरका ११ उद्यमीहरूले आफूले उत्पादन गरेका वस्तुहरू प्रदर्शनीमा राखेको कार्यालयका प्रमुख मानबहादुर खत्रीका जानकारी दिनुभयो । प्रदर्शनीमा त्रिवेणी अल्लो कपडा उद्योगका ठानबहादुर बुढाथोकी प्रथम हुनुभएको छ । उहाँलाई नगद ३० हजार प्रदान गरिएको छ । उहाँले मुसीकोट नगरपालिका– १ सल्लेमा अल्लोबाट कपडा बनाउने गर्नुभएको छ । 

त्यस्तै त्रिवेणी गाउँपालिका– २ मा रहेको मंगल मादल उद्योगका संचालन मंगल बादी दोस्रो हुनुभएको छ । उहाँलाई २० हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिएको छ । मंगलले आफ्नो उद्योगमा निर्माण भएका मादलहरु महोत्सवमा प्रर्दशनीमा राख्नुभएको थियो । 

त्यसैगरी मुसिकोट नगरपालिका– ५ मा रहेको खड्का मुढा उद्योगका संचालक बिरबहादुर खड्का तेस्रो हुनुभएको छ । उहाँलाई नगद १० हजार रुपियाँ पुरस्कार दिईएको छ । प्रदर्शनीमा सहभागि भएर स्थान प्राप्त गर्ने उद्यमीहरुलाई कार्यालय प्रमुख खत्रीले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिता जिल्लाभरका लघु, घरेलु तथा साना उद्यमीहरू बिच वस्तु तथा सेवाको गुणस्तर, उत्पादित परिमाणका बारेमा आम सर्वसाधारण एवं सरोकारवाला निकायहरूलाई जानकारी गराई उद्योगबाट उत्पादित वस्तुको उपभोगमा वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको थियो । प्रतियोगितामा सहभागी उद्यमीहरूको यातायात लगायत व्यवस्थापन खर्च आयोजकबाटै ब्यहोरिएको थियो । आयोजकका अनुसार तीन लाख रुपियाँको लगानीमा उक्त औद्योगिक प्रदर्शनी प्रतियोगिता सम्पन्न गरिएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्