नेभिगेशन
समाज

चुरोट खाँदा सर्केर सानीभेरीका एक जेष्ठ नागरिकको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा चुरोट खाँदै गर्दा सर्केर एक जेष्ठ नागरिकको मृत्यु भएको छ ।

जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ४ गरायला निवासी ७० बर्षका मन्जिल बिकको मृत्यु भएको हो । सोमबार दिउँसो चुरोट खाईरहेको बेला सर्केपछि चक्कर आएर बेहोस हुनुभएको थियोे ।

उपचारको लागि चौरजहारी अस्पताल लिएको बेला बेलुका सवा पाँच बजे उहाँको मृत्यु भएको उहाँका आफन्तजनले जानकारी दिनुभएको  छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज