Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जन्मदिनको अवसरमा कैदीबन्दीलाई फलफूल वितरण

सोमबार, फागुन २१, २०८०
tribeni2

रुकुम पश्चिम । पछिल्लो समय जन्मदिनलाई भड्किलो, खर्चिलो र तडक भडकका साथ मनाउने चलन बढिरहेको छ । होटल तथा रेष्टुरेन्ट जाने, खर्चिलो भोज गर्ने चलनले हाम्रो समाजमा स्थान बढी पाउँदै गएको छ । 

तर, रुकुम रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ घरभई हाल जापानमा रहनुभएका नरेश ओलीले आफ्नो जन्मदिनलाई मानविय र उदाहरणिय कार्य गरेर मनाउनुभएको छ ।

ओलीले जन्मदिनको अवसरमा जिल्ला रुकुम पश्चिमस्थित कारागार कार्यालयमा रहेका कैदिबन्दीलाई फलफूल वितरण गर्नुभएको छ । जन्म दिनको अवसरमा कारागारमा रहेका एक सय ५० कैदीबन्दीलाई पुग्नेगरी फलफूल वितरण गर्नुभएको हो ।  

फलफूल वितरण कार्यको सहजिकरण प्रेस सेन्टर रुकुम पश्चिमका जिल्ल्ला अध्यक्ष तथा रेडियो सानीभेरीका बजार प्रमुख देवकुमार ओलीले गर्नुभएको थियो। नरेशले परदेशमा भएतापनि जन्मभूमीको लागि सानो सन्देश सहितको सहयोग गरेको बताउनुभयो ।

फजुल खर्च गरेर जन्मदिन मनाउनुभन्दा कैदीबन्दीहरुलाई सहयोग गर्न पाउँदा आफूलाई सन्तुष्टि हुने भएकोले उहाँहरुलाई फलफूल उपलब्ध गराईएको उहाँको भनाई छ । 

जन्मदिनको अवसरमा कारगारमा रहेकका कैदीबन्दीलाई १५ हजार बराबरको केरा, स्याउ, अंगुर लगाएतका फलफुल वितरण गरिएको सहजकर्ता ओलीले जानकारी दिनुभयो ।

नरेश विगत सात वर्षदेखि रोजगारीको शिलशिलामा जापान हुनुहुन्छ । जापानमा क्यात्यो जक्सन रेष्टुरेन्ट खोलेर व्यवसायिक रुपमा लाग्नुभएका उहाँले विभिन्न सामाजिक कार्यमा योगदान दिदै आउनुभएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्