Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमकोटमा २४ प्रहरीलाई प्राथामिक उपचार तालिम 

सोमबार, फागुन २१, २०८०
tribeni2

रुकुम पूर्वका सुरक्षाकर्मीहरुलाई रुकुमकोटमा प्राथमिक उपचार तालिम दिईएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटमा कार्यरत प्रहरीहरुको लागि तीन दिने प्राथमिक उपचार तथा आधारभुत जिवन सुरक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको तालिम शनिबार देखि सञ्चालन भएर सोमबार समापन भएको हो । तालिमको उद्घाटन शनिवार प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले गर्नु भएको थियो भने सोमवार प्रहरी नायब उपरिक्षक अञ्जना श्रेष्ठले समापन गर्नुभएको छ । 

फेयरमेड फाउण्डेशन/एचडिसि नेपालको सहयोग र स्वास्थ्य कार्यालय तथा रुकुम पूर्व जिल्ला अस्पतालको समन्वय र साझेदारीमा संञ्चालित उक्त तालिममा जिल्लाका १७ वटा प्रहरी युनिट र जिल्ला प्रहरी कार्यालयवाट गरि जम्मा २४ जना प्रहरीहरुको सहभागीता रहेको थियो । 

घटना वा दुर्घटना हुदा घटनास्थलमा पुग्ने प्रहरीले घाईते तथा बिरामिहरुलाई उद्दार गरि स्वास्थ्य संस्था वा अस्पताल सम्म नपुर्याउदा सम्मको लागी जीवन रक्षा गर्न प्राथमिक उपचार अत्यावश्यक रहेकोले प्रहरीहरुलाई उक्त तालिम दिनुपरेको प्रहरी नायब उपरिक्षक श्रेष्ठले बताउनुभयो । 

कार्यस्थलमा खट्ने प्रहरी कर्मचारीहरुको अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको र आगामि दिनमा यसले घटनास्थलमा प्राथामिक उपचार र जीवन रक्षामा महत्वपूण सहयोग पुग्ने अपेक्षा उहाँले जनाउनुभयो । 

429475520_1156961881961115_428265490783270381_n1709564995.jpg

तालिम समापन कार्यक्रममा बोल्दै प्रशिक्षार्थी सहभागीको तर्फबाट ईलाका प्रहरी कार्यालय काँक्रिमा कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओलीले घटनास्थलमा घाईतेहरुको उद्दार गर्न जाँदा स्वास्थ्य सम्बन्धी सामान्य ज्ञान पनि नहुँदा समस्या पर्ने गरेको  र अब अनुशिक्षणले कार्यस्थलमा सहज हुने बताउनुभयो । 

तालिमको सहजिकरण रुकुम पूर्व जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा. जितेन्द्रराज कोईराला, मेडिकल अधिकृत रोचक गौतम र नर्सिङ्ग अधिकृत प्रतिमा श्रेष्ठले गर्नुभएको थियो । 

तालिम समापन कार्यक्रममा स्वास्थ्य कार्यलयका कार्यालय प्रमुख पुष्कल प्रसाद श्रेष्ठ, प्रशिक्षकको तर्फवाट डा. जितेन्द्र राज कोईराला, फेयरमेड/एचडिसिको तर्फवाट दान बहादुर कार्कीले सहभागी सवैलाई धन्यवाद दिदै आफुले सिकेको सीपलाई कार्यस्थलमा कार्यान्वयन गर्न अनुरोध गर्नुभयो ।

सहभागी सवैलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो भने फेयरमेड/एचडिसि, स्वास्थ्य कार्यालय र रुकुम पूर्व जिल्ला अस्पताललाई जिल्ला प्रहरी कार्यालयको तर्फबाट प्रशंशा पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  २०:४९
प्रतिक्रिया दिनुहोस्