Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

निमित्त प्रमुखको भरका कार्यालय चल्दा समस्या देखियो : प्रजिअ पन्त

मंगलबार, फागुन २२, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जिल्लाका धेरै कार्यालयहरु निमित्त प्रमुखको भरमा चलेको बताउनुभएको छ । 
मंगलबार जिल्ला प्रशासन कार्यालयमा लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी लगायत आयोगको टोलीसँग जिल्लाका सरकारी कार्यालय प्रमुखहरु बिच भएको छलफल कार्यक्रममा प्रजिअ पन्तले यस्तो बताउनुभएको हो । 

कार्यक्रममा प्रजिअ पन्तले लामो समयसम्म निमित्त प्रमुखकै भरमा कार्यालय सञ्चालन हुँदा सुशासन, समृद्धि, सेवा प्रवाह, विकासको गुणस्तर लगायतका काममा समस्या आउने गरेको पाईएको जनाउनुभयो । 

उहाँले जिल्लामा रहेका संघ र प्रदेश सरकार मातहतका कार्यालय र केहि स्थानीय तह निमित्त कार्यालय प्रमुखको भरमा चलिरहेको जानकारी दिनुभएको हो । 

लोक सेवा प्रतिको आम विश्वासको उचाईमा कमि नरहेको उल्लेख गर्नुहुँदै प्रजिअ पन्तले कर्मचारीहरुको थप उत्प्रेरणाको लागि समेत विभिन्न गतिविधि र नीतिहरु ल्याउन आवश्यक रहेको बताउनु भयो । 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्