नेभिगेशन
राष्ट्रिय

फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा आयो समस्या

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम 'डाउन' भएको छ।

नेपाली समयअनुसार मंगलबार बेलुकी करिब ९ बजेदेखि धेरै प्रयोगकर्ताहरूको फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम चल्न छाडेको हो। 

नेपालसँगै संसारका थुप्रै देशबाट फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या भएको गुनासा आएका छन्। 

प्रयोगकर्ताहरूको चलिरहेको खाता आफैं लगआउट हुने र लगइन नहुने समस्या देखिएको छ।

केही देशमा गुगल प्ले स्टोर पनि नचलेको भन्दै प्रयोगकर्ताहरूले ट्विटरमा लेखेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय