Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्थानीय तहका कर्मचारीहरुलाई अस्थायी आवास निर्माण र पुनर्निर्माण सम्बन्धी प्राविधिक तालिम

बुधबार, फागुन २३, २०८०
tribeni2

रुकुम पश्चिम । भूकम्प प्रभावित क्षेत्रका स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई अस्थायी आवास निर्माण र पुर्ननिर्माण सम्बन्धी प्राविधिक तालिम दिन थालिएको छ । 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको आयोजनामा मुसिकोट खलङगामा आज बिहिबार देखि दुई दिने तालिम सुरु भएको हो । सेभ द चिन्ड्रेन र पाँच तारा युवा संरक्षक मञ्च जाजरकोटको सहयोगमा सञ्चालित उक्त तालिममा पिपुल ईन निड, एन.सेट, सि.आर.एस. र एन.एच.यस.आर.पी.को प्राविधिक रहेको छ । 

उक्त तालिममा जिल्लाको मुसिकोट नगरपालिका, त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको छ । तालिममा स्थानीय तहमा कार्यरत प्राविधिक कर्मचारीहरु, स्थानीय विपद् शाखाका कर्मचारीहरु र कम्प्युटर अपरेटरहरुको तालिममा सहभागिता रहेको छ । 

429667005_392831173442770_7696349905899496030_n1709706129.jpg

पिपुल ईन निड/एन.एच.यस.आर.पी.का प्रादेशिक प्राविधिक संयोजक ईन्जिनियर उज्जवल अधिकारीका अनुसार भूकम्प प्रभावितहरुको अस्थायी आवास निर्माणको दोश्रो किस्ता भूक्तानी प्रक्रिया, भूकम्पले क्षति गरेका घरहरुको प्रबलिकरण र पुनर्निर्माण, भौगोलिक अवस्था तथा संरचना निर्माणको बिषयमा तालिम केन्द्रित गरिएको छ । 

यस अघि सोहि तालिम चौरजहारीमा सम्पन्न गरिएको थियो । उक्त तालिममा जिल्लाका आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । चौरजहारीमा भएको तालिममा ४३ जना कर्मचारीहरुको सहभागिता रहेको थियो भने मुसिकोटमा ४० जना कर्मचारीहरुको सहभागिता रहेको छ । 

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको अध्यतामा भएको तालिम उद्घाटन सत्रमा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । उद्घाटन सत्रमा सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाल, प्रहरी नायब उपरिक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायब उपरिक्षक सुमन लामिछाने, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जिवी बुढा मगर लगायतको आतिथ्यता रहेको थियो । 

WhatsApp Image 2024-03-06 at 11.50.17_343c4af81709706133.jpg

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्