सोसल मिडिया
रुकुम पश्चिमको मुसिकोटमा जारी ‘रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव’ को सातौं दिन चर्चित नायक तथा मोडल पल शाहले प्रस्तुती राख्नु भएको छ ।
रुकुम उद्योग वाणिज्य संघको आयोजना र कला संस्कृति पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमको सह–आयोजनामा सञ्चालित महोत्सवमा प्रस्तुतीको लागि शाहलाई हेलिकोप्टर मार्फत रुकुम ल्याईएको हो ।
शाहको प्रस्तुती हेर्न हजारौ दर्शकको सहभागिता रहेको महोत्सव सह आयोजक कला संस्कृति पर्यटन प्रवद्र्धन मञ्चका डिल्ली परियारले जानकारी दिनुभयो ।
शाहले ‘तिमी र म जाम ...’ लगायतका गितमा अभिनय गरेर दर्शहरुलाई मनोरञ्जन दिनुभएको थियो । महोत्सवस्थलमा उहाँलाई हजारौ दर्शक तथा फ्यानहरुले पछ्याएका थिए ।
फागुन १८ गतेबाट सञ्चालित महोत्सव २८ गते सम्म चल्ने बताईएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीहरुको साथमा एक सय बढी व्यापारीक स्टलहरु रहेका छन् ।
गत वर्ष पनि शाह सोहि स्थानमा चलेको महोत्सवमा सहभागी हुनुभएको थियो । आयोजक राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान रुकुम पश्चिमले पनि शाहलाई हेलिकोप्टर मार्फत नै महोत्सवमा सहभागि गराएको थियो ।