Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा तीन दिनसम्म सूचना विभागको घुम्ती शिविर हुँदै

सोमबार, फागुन २८, २०८०
tribeni2

रुकुम पश्चिमको चौरजहारीमा भोलि फागुन २९ गतेदेखि घुम्ती शिविर सञ्चालन हुने भएको छ । 

रुकुम पश्चिम, जाजरकोट र सल्यान जिल्लाका पत्रकार र सञ्चार माध्यामलाई लक्षित गरेर घुम्ती शिविर सञ्चालन हुन थालेको हो । 

सूचना तथा प्रसारण विभाग काठमाडौंको आयोजना र नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको समन्वयमा फागुन २९, ३० र चैत १ गते शिविर सञ्चालन हुने भएको हो ।  

शिविरबाट सञ्चार माध्याम दर्ता, नविकरण, पत्रकार प्रेस पास वितरण तथा नविकरण लगायतका सेवाहरु प्रदान हुने पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । यसका साथै पत्रकारहरुको लागि क्षमता अभिबृद्धिका तालिम समेत सञ्चालन हुने अध्यक्ष केसीले बताउनुभयो ।  

शिविरका लागि सूचना विभागको टोली आजै रुकुम पश्चिम आईपुग्ने केसीले जनाउनुभयो । घुम्ती शिविर मार्फत सेवा प्रवाहका लागि तीन जिल्लाका पत्रकार महासंघको समन्वय भईरहेको समेत बताईएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्