Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पहिरोले घर पुर्दा हुम्लामा ६ र बझाङमा तीन जनाको मृत्यु

२०७८ कार्तिक ३
tribeni2

काठमाडौ / पहिरोले घर पुरिँदा हुम्लाको खार्पुनाथ–५ खर्पेलगाउँमा ६ जनाको मृत्यु भएको छ । खर्पेल गाउँस्थित बिचदउडामा रहेको धनबिरे शाहीको घरमा मंगलबार रातिमाथिबाट खसेको पहिरोले घर पुरिदा ६ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनबिरे शाही, १४ बर्षको छोरा अलेन्द्र शाही, कलबहादुर शाही र उनकी श्रीमती आसा शाही, ५ बर्षिया छोरा हुमेश शाही, ३ वर्षको छोरा जसबहादुर शाही रहेको हुम्लाका डीएसपी हेरम्भ शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ का धर्मराज रोकायाको घर पहिरोले पुर्दा उहाँ र उहाँकी श्रीमती जयसरा रोकायाको ज्यान गएको छ ।

यस्तै खप्तडछान्ना गाउँपालिकाकै वडा नम्बर ५ मा पहिरोले घर पुर्दा बिचारी गिरीको ज्यान गएको छ । उहाँकी श्रीमती बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्