Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आगलागी पीडित सार्कीको परिवारलाई राहत प्रदान

मंगलबार, फागुन २९, २०८०
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ९ गुर्तागाउँका उदे सार्कीको परिवारलाई राहत प्रदान गरिएको छ । 

घर आगलागीका कारण पीडित बन्नु भएका सार्कीको परिवारलाई चौरजहारी नगरपालिकाले अति आवश्यकीय राहत सामग्री प्रदान गरेको हो । 

नगर उपप्रमुख ईश्वरीकुमारी शर्मा, बि.एम., निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल सहितको टोलीले सोमबार पीडित परिवारको घरमै पुगेर राहत सामग्री उपलब्ध गराएको हो। 

पीडित परिवारलाई तत्कालको लागि सिरक, डसना, चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य सामग्री  प्रदान गरिएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिनुभयो । 

431656226_1610967246394586_5012899670760154239_n1710205523.jpg

आगलागी पीडित सार्कीको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा चौरजहारीले पनि अति आवश्यकीय सामग्रीहरू उपलब्ध गराएको छ । पीडित परिवारलाई थप राहतको व्यवस्था गर्न आवश्यक पहल गरिने नगर उपप्रमुख शर्माले बताउनुभयो । 

आइतवार राति १२ बजेतिर आगलागी हुँदा ५० हजार नगद र २० वटा कुखुरा जलेर नष्ट भएका छन् । एक गोरु जलेर घाइते भएको छ । मकै, तोरी लगायतका अन्नपातहरूसमेत जलेर नष्ट भएको छ । चार कोठे घर आगलागी हुँदा सात जनाको परिवार विचल्लीमा परेको छ । 

सुरुमा सार्कीको घर छेउमा रहेको गोठमा आगलागी भएको र त्यसपछि घरमा आगो सल्किएको थियो ।

431668530_1610967213061256_3507684558218616088_n1710205523.jpg

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०६:४५
प्रतिक्रिया दिनुहोस्