Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रशासन कार्यालयका खरिदार माथि कुटपिट

मंगलबार, फागुन २९, २०८०
tribeni2

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा कार्यरत खरिदार देवबहादुर ओली माथि कुटपिट भएको छ ।

मुसिकोट नगरपालिका ३ माछिमी निवासी ओलीलाई सोहि गाउँका दिपक खड्काले मंगलबार बेलुका आक्रमण गरेर कुटपिट गरेको खरिदार ओलीले जानकारी दिनुभयो । खड्का सशस्त्र प्रहरी हवल्दार हुनुहुन्छ । 

ओलीका अनुसार अत्याधिक मदिरा सेवन गरेका खड्काले स्थानीय महिला गंगा चन्दलाई आक्रमण गरेर घाईते बनाएका थिए । घटनापछि जिल्लास्थित प्रहरी कार्यालयमा जानकारी गराउँदा खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले भोली बुधबार उपस्थित हुने शर्तमा र पीडितको जाहेरी लिएर आवश्यक कारबाहि अगाडि बढाउने गरेर खड्कालाई छोडिदिएको थियो ।

कुटपिटपछि घाईते अवस्थामा रहनु भएकी चन्दलाई अस्पताल लैजाने तयारी भएको बेला सशस्त्र प्रहरी हवल्दार दिपक खड्काले घरमै आएर आफू माथि आक्रमण गरेको ओलीको भनाई छ ।

मदिरा सेवन गरेका प्रहरीले महिला माथि कुटपिट गरेको र आफूले पीडितको पक्ष लिएको भन्दै आक्रोशमा आएका खड्काको आक्रमणबाट आफ्नो अनुहार र हातमा चोट लागेको ओलीले जानकारी दिनुभयो । अहिले घाईते महिला चन्द र आफू जिल्ला अस्पतालमा उपचारको लागि आएको उहाँको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले घटनाको बारेमा बुझेर कानूनी कारबाहि अगाडि बढाईने बताउनुभयो । महिला माथि आक्रमण भएको सूचना लगत्तै प्रहरी घटनास्थलमा पुगेर जानकारी लिइसकेको र रात परेको कारण भोली नै आवश्यक कारबाहि सुरु गरिने उहाँको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  २३:२६
प्रतिक्रिया दिनुहोस्