Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

उत्कृष्ट नगरपालिकाको पुरस्कार चौरजहारीलाई

बुधबार, फागुन ३०, २०८०
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत भएको छ । 

नगरपालिका संघकाे ३१ औं स्थापना दिवसको अवसरमा चौरजहारी नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार, २०८० प्रदान गरिएको छ । 

आर्थिक वर्ष ०७९/०८० मा वन, वातावरण, जलवायु परिवर्तन र उत्थानशीलता क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भनि सोको उच्च मूल्याङ्कन गर्दै  चौरजहारी नगरपालिकालाई उत्कृष्ट नगरपलिका पुरस्कार प्रदान गरिएको हो । 

संघले आयोजना गरेको एक बिशेष समारोहका बिच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले चौरजहारी नगरपालिका प्रमुख पुष्प बादीलाई सम्मानसहित पुरस्कार प्रदान गर्नुभएको हो । 

431730536_1611484769676167_8969561552686209327_n1710295688.jpg

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्