Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रास्वपा रुकुम पश्चिमको संयोजकमा इन्जिनियर शाही चयन

शुक्रबार, चैत २, २०८०
tribeni2

रुकुम पश्चिम  । राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको जिल्ला अभियान संयोजकमा इन्जिनियर मान बहादुर शाही चयन हुनुभएको छ ।

बिहीबार पार्टीको केन्द्रिय संगठन विभागले शाहीलाई जिल्ला अभियानको संयोजकको जिम्मेवारी दिएर पठाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेशले तीन महिने कर्णाली विशेष अभियान संचालन गर्दै छ । 

उक्त विशेष अभियान संचालनका लागी  नरेन्द्र के.सी, यमराज केसी, पुस्तक चन्द, प्रेम बोहरा, प्रविण बुढाथोकी, रविन केसी र सरोज केसी लगायतलाई जिल्ला सदस्यमा मनोनित गरिएको  संयोजक शाहीले जानकारी दिनुभयो । 


तीन महिने अभियानमा पार्टीले कर्णालीका जिल्लामा रास्वपा भन्ने उद्देश्यका साथ कर्णालीमा  पार्टी निर्माण र सदस्यता वितरण गर्ने विशेष अभियानका जिल्ला सदस्य पुस्तक चन्दले बताउनुभयो । उहाँका अनुसार अभियानकै क्रममा पार्टीले काठ्माडौमा कर्णाली विषयक अन्तरक्रियात्मक नीति मन्थन कार्यक्रम पनि संचालन गर्ने छ । 


 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्