Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेमा लापा निर्माणका लागि कार्यशाला

शुक्रबार, चैत २, २०८०
tribeni2

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा स्थानीय अनुकलन कार्ययोजना (लापा) निर्माणका लागि कार्यशाला सुरु भएको छ । 

लापा निर्माणको लागि सिस्ने गाउँपालिकाको कार्यालयमा शुक्रबार पहिलो चरणको कार्यशाला सम्पन्न गरिएको छ । किड्स कपिलबस्तु र आईपास नेपालको सहयोग तथा समन्वयमा कार्ययोजना निर्माण हुन लागेको हो ।

कार्यशालामा जलवायु परिवर्तन र यसका असरहरु, सम्भावित जोखिमहरु, यौन तथा प्रजनन् स्वास्थ्यमा पार्ने असरहरु, विपद् न्यूनिकरण लगायतका बिषयमा सहयोगी संस्थाहरुको तर्फबाट प्रस्तुतीकरण राखिएको थियो । 

IMG-20240317-WA00001710645686.jpg

किड्स कपिलबस्तु र आईपास नेपालद्वारा सिस्ने गाउँपालिकामा सञ्चालित 'दिगो यौन तथा प्रजनन स्वास्थ र अधिकार सबलिकरण तथा उत्थानशिल स्वास्थ्य प्रणाली कार्यक्रम' अन्तर्गत लापा निर्माण गर्न थालिएको हो । 
कार्ययोजना निर्माण पश्चात कार्यान्वयनमा समेत सहयोग गरिने बताईएको छ । उक्त कार्यक्रमबाट वडा स्तरमा समेत आवश्यक छलफल गरिने कार्यसूचि तयार गरिएको छ । 

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा भएको कार्यशालामा गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, प्रहरी नायब उपरिक्षक अञ्जना श्रेष्ठ, सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकी, स्वास्थ्य सेवा कार्यालयका प्रतिनिधि, रेडक्रस सोसाईटीका प्रतिनिधि, विभिन्न वडाका वडा अध्यक्षहरु, किड्स र आईपासका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

e3d5c82d-9214-42e8-ba9b-563e763519871710515242.jpeg

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  २०:४८
प्रतिक्रिया दिनुहोस्