Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठविसकोटको लटामा २८ घर पुनर्निर्माणका लागि सम्झौता

जनजागरण माविमा ६ लाखको अक्षय कोष
आइतबार, चैत ४, २०८०
tribeni2
  • सत्य बटाला

रुकुम पश्चिमको आठविसकोट नगरपालिका –१३ को लटा टोलमा भूकम्पले क्षती गरेका घरहरु पुनर्निर्माण गरिने भएको छ । 

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्प प्रभावित क्षेत्र लटा टोलका २८ वटा घरहरु पुनर्निर्माण गरिदिने भएको हो । एनआरएनए अन्तर्गतको परोपकारी संस्था ग्लोबल एनआरए फाउन्डेशन र एमआईटी ग्रुप फाउन्डेशनले लटा टोलमा घरहरु बनाउन नगरपालिकासँग सम्झौता गरेको आठविसकोट नगरपालिका प्रमुख रबि केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार एनआरएनएका अध्यक्ष बिनोद कुँवर र पूर्व अध्यक्ष शेष घलेसँग नगरपालिकाले पुनर्निर्माणका लागि सम्झौता गरेको हो । सरकारले ल्याउने कार्यविधि बमोजिम नै उक्त स्थानमा घरहरु बन्ने बताईएको छ । 

433402412_3577306035861931_9033202769567292005_n1710693373.jpg

नगर प्रमुख केसीले पुनर्निर्माण कार्यविधि प्राप्त हुने बित्तिकै आवश्यक प्रक्रिया पुर्याएर घरहरु बनाउन सुरु गरिने बताउनुभयो । विपद्को बेला विभिन्न निकायहरुले सहयोग गरेको र अब पुनर्निर्माण अभियानका लागि पनि सहयोग गर्न जरुरी रहेको नगरपालिकाले जनाएको छ । स्थानीय श्रोत र साधनहरुको अधिकतम प्रयोग मार्फत भूकम्प प्रतिरोधी घरहरु निर्माण हुने बताईएको छ । 

बिद्यालयमा अक्षय कोष

यसैगरी स्थानीय जनजागरण माध्यमिक बिद्यालय गाउँबारीमा अक्षय कोष स्थापना गरिने भएको छ । नगर प्रमुख केसीले बेल्जियममा रहेका नेपालीहरुको सहयोगमा बिद्यालयमा छ लाख रुपियाँ बराबरको अक्षयकोष निर्माण हुने भएको बताउनुभयो ।

भूकम्प पीडित तथा विपन्न, टुहुरा बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्नका लागि बिद्यालयमा अक्षय कोष बनाउने प्रतिबद्धता जनाईएको हो । 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  २२:१६
प्रतिक्रिया दिनुहोस्