Breaking - रुकुम देखि काठमाडौ छुटेको बस बाग्लुङ्गमा दुर्घटना

सोमबार, चैत ५, २०८०

सोमबार बिहान रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ चाईनाबगरबाट काठमाडौको लागि छुटेको यात्रुबहाक बस बाग्लुङ्गमा दुर्घटना भएको छ । 

बागमती प्रदेश ००६ ख ३८७९ नम्बरको कमलताल डिलक्स बस सोमबार साँझ करिब ४ बजेतिर मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । बाग्लुङ्गको निसीखोला गाउँपालिका ६ को जाउले पानी भन्ने स्थानमा बस दुर्घटना हुँदा केहि जनाको मृत्यु भएको र अन्य घाईते भएको बताईएको छ ।

बसमा यात्रु संख्या धेरै रहेको र घाइते र मृतकको संख्या समेत एकिन भइनसकेको उद्धारमा खटिनु भएका इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकले बताउनुभयो ।

मृतक र घाइतेको उद्धारका निम्ति नेपाल प्रहरी र स्थानीयको सक्रियतामा उद्धारको काम भइरहेको बताईएको छ । बस मध्यपहाडी लोकमार्ग देखि करिब १५० मिटर तल खसेको बताईएको छ । 

दुर्घटनाको थप विवरण आउन बाँकि रहेको छ । 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्