चौरजहारीमा दुई मोटरसाईकल ठोक्किदा दुबै जना चालक घाईते

मंगलबार, चैत ६, २०८०

रुकुम पश्चिमको चौरजहारीमा दुई वटा मोटरसाईकल एक आपसमा ठोकिदा दुई जना चालक घाईते भएका छन ।
चौरजहारी नगरपालिकाको वडा नम्वर २ नयाँ वजारमा मंगलवार बेलुका भे ७ प ८७९२ र कर्णाली प्रदेश ०२—००१ प २८३१ नम्वरको मोटरसाईकल एक आपसमा ठोकिदा दुवै जना चालक घाईते भएका हुन ।

नगरपालिकाको वडा नम्वर १ नाखिरा घर भइ चौरजहारी नगरपालिकामा कार्यरत कर्मचारी ३६ वर्षिय विजय विष्ट कार्यालयबाट काम सकेर घर जाँदै गर्दा र सोही नगरपालिका वडा नम्वर ७ काप्रा घर भइ समिर अटोपार्टसमा कार्यरत मजदुर १९ वर्षिय सन्तोष विश्वकर्मा अटोपार्टसमा फर्किदै गर्दा दुर्घटनामा परी दुवै जना घाईते भएका हुन ।

विष्टको टाउँको र छातिमा गहिरो चोट लागेको छ भने विश्कर्माको दाँया हात र निधारमा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय चौरजहारीले जनाएको छ ।
घाईते दुवैको चौरजहारी अस्पतालमा उपचार भैरहेको छ ।
तिव्रगति, साँघुरो घुम्ति सडक, सडक वरीपरि घरनिर्माणको लागि कच्चा पदार्थ वाटोमा राखिएको कारण दुर्घटना भएको हुन सक्ने इलाका प्रहरी कार्यालय चौरजहारीले वताएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  २१:२५
प्रतिक्रिया दिनुहोस्