Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका डीएसपी नमराजको सरुवा, नवराज आउँदै (१४१ जनाको सरुवा लिस्ट)

बिहीबार, चैत ८, २०८०
tribeni2

नेपाल प्रहरीले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले १४१ जना डीएसपीको सरुवा गरेको जानकारी दिएको हो ।

प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार मिति २०८० साल चैत महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायब उपरीक्षकहरूलाई सरुवा गरिएको सूचनामा उल्लेख छ ।

सूचना अनुसार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईको प्रहरी प्रधान कार्यालय नम्साल काठमाडौमा सरुवा भएको छ । अब जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको कार्यालय प्रमुखको रुपमा नवराव पोखरेल आउनुहुने भएको छ । उहाँ नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगञ्जबाट सरुवा भएर आउनुहुने भएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएपी अञ्जना श्रेष्ठको सरुवा नेपाल प्रहरी शिक्षालय भरतपुरमा भएको छ नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय ललितपुरका डिएसपी माधवराज खरेलको सुरुवा रुकुम पूर्वमा भएको छ । 

सरुवा सूचना : 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्