Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा एसइईको लागि २३ केन्द्र, साढे तीन हजार विद्यार्थी

बिहीबार, चैत ८, २०८०
tribeni2

आगामी चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि रुकुम पश्चिममा २३ वटा परीक्षा केन्द्र तोकिएको छ । 

शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख तारा प्रकाश पुनका अनुसार जिल्लाभर २३ वटा परिक्षा केन्द्र मार्फत एसइई सञ्चालन गर्ने तयारी भएको हो । उहाँका अनुसार यस वर्षको एसइई परीक्षामा रुकुम पश्चिमबाट तीन हजार ५९३ जना विद्यार्थीले सहभागिता जनाउने छन् । 

परीक्षामा साधारणतर्फ एक हजार ७६२ छात्रा र एक हजार ७०८ छात्र गरेर जम्मा तीन हजार ४७० जना विद्यार्थी सहभागी हुने बताईन्छ । 

त्यसगैगरी प्राविधिकतर्फ ४७ जना छात्रा  र ४९ जना छात्र गरेर ९६ जना र ग्रेड वृद्धितर्फ १२ जना छात्रा र १५ जना छात्र गरेर २७ जना विद्यार्थी सहभागी हुने इकाई प्रमुख पुनले बताउनुभयो ।

प्राविधिक बिषयतर्फ शीतल माध्यमिक विद्यालय चौरजहारीमा सिभिल इन्जिनियर, राप्ती ज्ञानोदय माध्यमिक विद्यालय सिम्लीमा पशु विज्ञान र भेरी दोभान माध्यमिक विद्यालय चाईनाबगरमा बाली विज्ञान पढाई हुने गर्दछ । 

एसइईमा जिल्लाका ८२ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन् । जसमध्य ७६ वटा सामुदायिक, एक वटा खुल्ला र पाँच वटा संस्थागत विद्यालय रहेका छन् । परीक्षा मर्यादित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न केन्द्राध्यक्षहरुलाई चैत १२ गते तालिम दिने तयारी भइरहेको जनाईएको छ ।

एसइई आगामी चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने तालिका रहेको छ । परीक्षा केन्द्र तोकिएका विद्यालयका प्रधानाध्यापकहरुलाई नै केन्द्राध्यक्ष तोकिने जनाईएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्