बाँफिकोट सव डिभिजन अन्तर्गतका ४५ सामुदायिक वनको लेखापरिक्षण सम्पन्न, १० समुह खारेजी 

बिहीबार, चैत ८, २०८०

डिभिजन वन कार्यालय रुकुम पश्चिमले बाँफिकोट सब डिभिजन वन कार्यालय अन्तर्गतका सम्पुर्ण सामुदायिक वन उपभोक्ता समुहको लेखा परिक्षण सम्पन्न गरेको छ । 

सब डिभिजन वन कार्यालयकाे क्षेत्र अन्तर्गतका ४५ वटा सामुदायिक वन उपभोक्ता समुहहरुको आन्तरिक लेखा परिक्षण सम्पन्न भएकाे हो । 

आन्तरिक लेखा परिक्षण डिभिजन वन कार्यालयको सामुदायिक वनमा सुशासन अभियान, २०८० अन्तरगत सब डिभिजन वन कार्यालयमा कार्यरत कर्मचारीहरुको परिचालन र समन्वयमा उपभोक्ता समुहले गराएएको डिभिजन वन कार्यालय रुकुम पश्चिमका प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो । उहाँका अनुसार सब डिभिजन वन कार्यालय अन्तर्गतका सबै सामुदायिक वनको लेखा परिक्षण गरेर विवरण सार्वजनिक गरिएको यो कार्य सम्भवतः देशभरीमा पहिलो हो । 

४५ वटा सामुदायिक वन उपभोक्ता समितिको लेखापरिक्षणबाट हालसम्मको आम्दानी ७५ लाख ७७ हजार ४७४ रुपियाँ रहेको छ  । यी समुहहरुमा हालसम्म १७ लाख २५ हजार १९७ रुपियाँ खर्च देखिएको छ भने ५८ लाख३२ हजार ३१७ रुपियाँ बचत रहेको छ । 

समुहले लगानी गरेको घुम्तिकोष २० लाख २५ हजार ५० रुपियाँ रहेको छ भने १५ लाख पाँच  हजार ९३३ रुपियाँ बेरुजु देखिएको छ । लेखापरिक्षणबाट ६ लाख ४३ हजार ८६८ रुपियाँ नियमित अनुमोदन गर्नुपर्ने देखिएको छ भने नौ लाख १० हजार ५६५ रुपियाँ रुपियाँ कोषमा दाखिला गनुपर्ने देखिएको छ । 
डिभिजन प्रमुख परियारका अनुसार बाँफिकोट सव डिभिजन वन कार्यालय अन्तर्गत ५५ वटा सामुदायिक वन उपभोक्ता समिति रहेका थिए । त्यसमध्य १० वटा समुह खारेजी गर्नुपर्ने समुहमा परेका छन् । 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्