Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

२९ रोपनी जग्गामा लगाईएको अफिम फडानी 

बिहीबार, चैत ८, २०८०
tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -३ का विभिन्न स्थानमा लगाईएको अफिम खेती फडानी गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले करिब २९ रोपनी जग्गामा लगाईएको अवैध अफिम नष्ट गरेको जनाएकाे छ । 

प्रहरीले जिल्लाको सानीभेरी गाउँपालिका -३ को तिमिले, कमैदे, काफिगैरा, कमैते भन्ने स्थानमा लगाईएको अफिम नष्ट गरेको हो । 

नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर अवैध अफिम खेती नष्ट गरिएको हो । कानून विपरित लगाईएको अफिम फूल खेल्ने अवस्थामा पुगेको बेला फडानी गरिएको हो । 

433489963_1028662328668803_2478125323578683786_n1711021050.jpg

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्