Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्नेलाई मुसिकाेटले मासिक १ हजार दिने

बिहीबार, चैत ८, २०८०
tribeni2

अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्ने संरक्षकलाई मासिक एक हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । याे खबर गुल्मीकाे मुसिकोट नगरपालिकाकाे हाे ।

नगरपालिकाका मेयर जीवलाल खरेल ‘जीवन’ ले अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्ने संरक्षकलाई सहयोगस्वरूप सुविधा प्रदान गर्न लागेको जानकारी दिनुभयो ।

नगरभित्रका अपाङ्ताको (क) वर्गका परेका ९५ जनामध्येबाट छनोट गरी अति अशक्त अपाङ्गता भएकाको हकमा मासिक एक हजार रुपैयाँ नगरपालिकाले उपलब्ध गराउने छ । कार्यपालिका बैठकले पारित गरेको कार्यविधिअनुसार आफ्नो स्याहार आफैँ गर्न नसक्ने नागरिकको संरक्षकलाई सहयोग गर्ने निर्णय गरेको हो ।

अपाङ्गता भएकालाई सीप मूलक कार्यक्रम सञ्चालन गरेर जीविकोपार्जनमा थप सहयोग पुर्‍याउने योजना बनाएको उपमेयर गङ्गाकुमारी श्रेष्ठले बताउनुभयो । मुसिकोट नगरपालिकाभित्र चार सय ४४ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् ।

नगरपालिकाको यो निर्णयपछि अपाङ्गता भएका व्यक्तिहरु खुशि भएका छन् । 

 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्