तातोपानीमा परेर घाईते भएका दुई वर्षिय बालकको उपचारको क्रममा मृत्यु

बिहीबार, चैत ८, २०८०

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर ५ जिबाङ चौखिढुङगामा तातोपानीमा परेर घाईते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । 

जिबाङ चौखिढुङगाका दलबहादुर ओलीका दुई वर्षिय छोरा शिव ओलीको मंगलबार मृत्यु भएको हो ।

काठमाडौंको किर्तीपुर वर्ण अस्पतालमा उपचाररत बालकको मृत्यु भएको स्थानीय समेत रहनुभएका प्रतिनिधी सभा सदस्य चन्द्रबहादुर विश्वकर्माका स्वकीय सचिव गणेश सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत फागुन ३० गते घरमै तातोपानीमा परेर बालक घाईते भएका थिए । तातोपानीमा परेर बालकको कम्मर भन्दा मुनिको भाग जलेको थियो । 

त्यसपश्चात उपचारको लागि बालकलाई काठमाडौ लगिएको थियो । शिव दलबहादुरका दुई छोरी हुनुहुन्छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  २१:२८
प्रतिक्रिया दिनुहोस्