Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ईच्छा विपरित होली लगाए कारबाहि हुने

शुक्रबार, चैत ९, २०८०
tribeni2

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले फागु पूर्णिमा अर्थात होली पर्वलाई मर्याादित बनाउन अनुरोध गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै रंगहरुको पर्व होलीलाई आपसी सद्भाव साटेर मनाउन आग्रह गरेको हो । 

निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले होलीको नाममा व्यक्तिको ईच्छा विपरित जथाभावि रंग लगाउने, लोला हान्ने, फोहोर पानी हाल्ने जस्ता कार्य गर्न नमिल्ने बताउनुभयो ।

यसका साथै बाटोमा ढुकेर बटुवालाई रंग दल्ने, बाटो अवरोध गरेर सवारी साधनबाट रकम असुल्ने, मादक पदार्थ तथा नशालु पदार्थ सेवन गर्ने तथा गराउने, समाजिक तथा धार्मिक सद्भाव बिथोल्ने अवान्छित कार्यहरु समेत गर्न नमिल्ने निमित्त प्रजिअ बढुवालले उल्लेख गर्नुभयो । 

उहाँले प्रचलित मूल्य, मान्यता एवम् परम्परालाई निरन्तरता दिई मर्यादित रुपमा होली मनाउनु पर्ने बताउनुभयो । सूचना तथा कानूनलाई वेवास्ता गरेको पाईएमा प्रचलित कानून बमोजिक कारबाहि हुने समेत उहाँले बताउनुभयो । 

433140572_396495730006476_8311472712210646499_n1711086811.jpg

यसैबिच जिल्ला प्रहरी कार्यालयले समेत एक सार्वजनिक सूचना जारी गरेर कसैको व्यक्तिगत स्वतन्त्रता बिरुद्ध गएर होली नलगाउन अनुरोध गरेको छ ।

प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले आत्मिय र नजिकको सम्बन्ध भएकाहरु बिचमा मात्र होली खेल्न र अपरिचितसँग होली नखेल्न अनुरोध गर्नुभयो । उहाँले होलीमा हुनसक्ने लुटपाट, चोरी, झगडा लगायतका उल्छृंखलजन्य कार्यबाट सजक रहन समेत आग्रह गर्नुभएको छ । 

417700200_1029425175259185_7285856748407282072_n1711086814.jpg

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्