Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुक्मिणीबाट एसइई दिने बिद्यार्थीहरुको बिदाई

शुक्रबार, चैत ९, २०८०
tribeni2

रुकुम पूर्व । आगामी चैत १५ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागि हुने बिद्यार्थीहरुलाई बिदाई गरिएको छ । 

रुकुम पूर्वको रुकुमकोटमा रहेको रुक्मिणी माध्यमिक बिद्यालयले आज एक कार्यक्रमका बिच परीक्षार्थीहरुलाई बिदाई गरेको हो । 

यस बिद्यालयबाट एसइई २०८० मा जम्मा ९९ जना जना बिद्यार्थीहरु सहभागी हुने बिद्यालयका शिक्षक बलबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार रुक्मिणी माविबाट प्राविधिक तर्फका २१ जना छात्रा र १२ जना छात्र गरेर ३३ जना र र साधारण तर्फका ३६ जना छात्रा र ३० जना छात्र गरेर जम्मा ६६ जना बिद्यार्थीहरु एसइईमा सहभागी हुनेछन् । 

बिद्यार्थीहरुलाई फूल, माला र अबिर लगाएर परीक्षाको लागि बिदाई गरिएको हो । यस वर्ष रुक्मिणी माविको परीक्षा केन्द्र कोट माध्यमिक विद्यालय रुमालवाराका तोकिएको छ । 

विद्यार्थीहरुलाई शुभकामना, बधाई तथा फेरीभेटौला कार्यक्रम राखेर परिक्षाको लागि बिदाई गरिएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्ल लगायत शिक्षकहरु र अन्य कक्षाका बिद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो । 

434052525_10230109198146712_1822324049807055452_n1711104207.jpg

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्