माओवादी केन्द्रले तोक्यो विभाग र प्रतिष्ठानका प्रमुख, (विभाग र प्रमुखको नामावली)

संगठन विभागमा 'प्रभाकर', युवा तथा खेलकुद विभागमा गणेशमान
२०७८ कार्तिक ४

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय विभाग र प्रतिष्ठानका प्रमुख तोकेको छ । माओवादीले ३३ वटा विभाग र प्रतिष्ठानलाई पूर्णता दिँदै प्रमुखहरु तोकेको हो ।

आज बसेको स्थायी कमिटी बैठकले विभाग र प्रतिष्ठानका प्रमुख तोकेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । प्रत्येक विभागमा कम्तिमा ३५ सदस्य रहने गरी प्रमुखहरु तोकिएको उहाँले बताउनुभयो ।

आजको बैठकले डिलाराम आचार्यको संयोजकत्वमा १७५ सदस्यीय सम्पर्क समिति गठन गरेको छ ।

यी हुन् माओवादी केन्द्रका विभाग र प्रमुखहरु

१.संगठन विभाग - जनार्दन शर्मा "प्रभाकर"
२.अर्थ तथा योजना विभाग- वर्षमान पुन
३. विदेश मामिला विभाग- नारायणकाजी श्रेष्ठ
४. प्रचार तथा प्रकाश विभाग- कृष्णबहादुर महरा
५. विपद व्यवस्थापन विभाग- सूर्य सुवेदी
६. उद्योग मामिला विभाग- वामदेव क्षेत्री
७. कृषि तथा भूमिसुधार विभाग- हरिबोल गजुरेल
८. उपभोक्ता हित संरक्षण विभाग- मात्रिका यादव
९. कोष तथा आर्थिक विभाग- डोरप्रसाद उपाध्याय
१०. खानेपानी विभाग- विना मगर
११. जलस्रोत तथा ऊर्जा- लिलामणी पोखरेल
१२. निर्वाचन विभाग- खिमलाल देवकोटा
१३. कानून विभाग- मुक्ति प्रधान
१४. पर्यटन विभाग- लक्कुप्रसाद सुवेदी
१५. प्रादेशिक मामिला विभाग- पर्शुराम तामाङ
१६. पार्टी स्कुल विभाग- गिरिराजमणी पोखरेल
१७. पुस्तकालय तथा अभिलेख- नारायणप्रसाद शर्मा
१८. भौतिक पूर्वाधार विभाग- हरि अधिकारी
१९. युवा तथा खेलकुद विभाग- गणेशमान पुन
२०. राजकीय मामिला विभाग- रेखा शर्मा
२१. राष्ट्रिय सुरक्षा विभाग- कृष्णबहादुर महरा
२२. वन तथा वातावरण- शक्ति बस्नेत
२३. विज्ञान तथा प्रविधि विभाग- गणेश साह
२४. शिक्षा तथा मानवस्रोत विभाग- मायाप्रसाद शर्मा
२५. श्रम तथा रोजगार विभाग- रामेश्वर राय यादव
२६. संघीय संसदीय विभाग- देव गुरुङ
२७. समाज कल्याण विभाग- सत्या पहाडी
२८. सहकारी तथा गरिवी विभाग- धर्मदत्त देवकोटा
२९. शहरी विकास विभाग- देवेन्द्र पौडेल
३०. सामान्य प्रशासन विभाग- टेकबहादुर बस्नेत
३१. साहित्य तथा कला विभाग- गोपाल ठाकुर
३२. स्थानीय तह विभाग- उर्मिला अर्याल
३३. स्वास्थ्य तथा जनसंख्या विभाग-कल्पना धमला
३४. नीति अध्ययन प्रतिष्ठान- रामचन्द्र झा

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १८:१०
प्रतिक्रिया दिनुहोस्