Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वका विश्वास पेस्तोलसहित घरबाटै पक्राउ

शुक्रबार, चैत ९, २०८०
tribeni2

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले पेस्तालसहित एक जनालाई पक्राउ गरेको छ । 

जिल्लाको भूमे गाउँपालिका ९ गोठीखोलामा निवासी ३९ वर्षिय नविन मल्ल भन्ने विश्वास बिक्रम मल्ललाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार पेस्तोल र म्याग्जिन घरमा लुकाई छिपाई राखेको अवस्थामा हिजो दिउँसो मल्ललाई पक्राउ गरिएको हो । 

पक्राउ परेका मल्ल बिरुद्ध हातहतियार सम्बन्धी मुद्धा चलाईएको छ । मल्ललाई रुकुमकोट जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको  प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो । 

419303643_965314841779663_7315073016077787543_n1711119395.jpg

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  २०:३७
प्रतिक्रिया दिनुहोस्