नेभिगेशन
कला/साहित्य

 गजल : जनक रावत 'अनुराग'

                         गजल

मलाई तिम्रो, तिमीलाई अरु कसैको हुने मन छ
लाग्छ यो छातिमा तिम्रा घातहरुको गठबन्धन छ ।

तपाई बारबार किन रुने कुरा गर्नु हुन्छ महोदय
यहाँ मान्छेहरु मर्दा पनि मुस्कुराउने चलन छ ।

कात्रोमा खल्ती हुदैन यत्ति कुरा बुझे पुग्छ
हामीसँग बाचुञ्जेल पो यो धर्ती छ, गगन छ ।

केही छैन यसैमा सन्तोष हुन सकेको छैन
'अनुराग'सँग भएको यही एउटा पागलपन छ ।

जनक रावत 'अनुराग', अछाम

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य