Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एकल महिला संजालको जिल्ला अध्यक्षमा निर्मला बिष्ट चयन

शनिबार, चैत १०, २०८०
tribeni2

रुकुम पश्चिम । मानव अधिकारको लागि महिला, एकल महिला जिल्ला संजाल रुकुम पश्चिमको अध्यक्षमा निर्मला बिष्ट चयन हुनुभएको छ ।

आज भएको सञ्जालको तेस्रो जिल्ला अधिबेशनले बिष्टलाई अध्यक्षमा चयन गरेको हो । सञ्जालको जिल्ला अधिबेशन मुसीकोट नगरपालिका– १ खंलगामा सम्पन्न भएको हो ।

जसको उपाध्यक्षमा मनकला पुन, सचिवमा जमुना विक, सह–सचिवमा देउमा भण्डारी रहनुभएको छ । त्यस्तै कोषाध्यक्षमा सुपारी ओली र सदस्यमा कमला पुन रहनुभएको छ ।

एक सदस्य थप गर्ने नवनिर्वाचित अध्यक्ष विष्टले जानकारी दिनुभयो । सञ्जालले एकल महिलाहरुको हक हितको लागि विभिन्न काम गर्दै आएको छ ।

एकल महिलाको मानव अधिकार हननका बिषयमा पनि सञ्जालले वकालत गर्दै आएको अध्यक्ष विष्टले जानकारी दिनुभयो ।

अधिबेशनको उद्घाटन जिल्ला समन्वय समिति रुकुम पश्चिमका पुर्व उप–प्रमुख ईन्द्रिरा बिएमले गर्नुभएको । निवर्तमान अध्यक्ष सिता कुवर पुनको अध्यक्षतामा भएको उद्घाटनसत्रको संचालन निर्मला विष्टले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्