Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शहरी शासकिय कार्यक्रम मार्फत चकचारीमा खानेपानी आयोजना निर्माण हुँदै

शनिबार, चैत १०, २०८०
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –७ को चकचरीमा निर्माणाधिन खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । 

मुसिकोट नगरपालिकाद्वारा सञ्चालित नेपाल शहरी शासकिय कार्यक्रम अन्तर्गत निर्माणाधिन खानेपानी आयोजना यहि चैत महिना भित्रै सम्पन्न भईसक्ने बताईएको छ । शासकिय कार्यक्रमका सामाजिक परिचालक पााँचौ शोबिराम केसीका अनुसार पाँच लाख रुपियाँको लगानीमा उक्त योजना निर्माण हुन थालेको हो । 

यो योजना निर्माण सम्पन्न भएमा यहाँका ५५ घर परिवारले खानेपानीको सहज सुविधा पाउँने बताईएको छ । यस योजना अन्तर्गत स्थानीय ठूलिमुलको पानी संरक्षण गरेर चकचरी गाउँसम्म पाईप लाईन बिछ्याउने र पानी ट्याङकी निर्माण हुनेछ ।

हालसम्म मूल संरक्षण र ठुलो ट्याङकी निर्माणको काम सम्पन्न भईसकेको केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अब पाईप लाईन तानेर घरघरमा खानेपानीको सुविधा वितरण हुनेछ ।  

सामाजिक परिचालक केसीले एक महिना अघिबाट उपभोक्ताहरुको सहभागितामा निर्माण सुरु गरिएको उक्त योजना अन्तिम चरणमा पुगेको छ ।

432098865_3326414290992453_187505605160647141_n1711198606.jpg

यसैबिच निर्माणाधिन उक्त योजनाको शुक्रबार मुसिकोट नगर कार्यपालिकाको तर्फबाट अनुगमन समेत गरिएको छ । नगर प्रमुख महेन्द्र केसी, वडा अध्यक्षहरुसहितको टोलीले अनुगमन गरेको हो । 

अनुगमनको क्रममा नगर प्रमुख केसीले निर्माण समितिलाई समयमै र गुणस्तरिय रुपमा आयोजना बनाउन सुझाव दिनुभएको छ । उहाँले निर्माण समितिसँग योजनाको प्रगती र अन्य विषयमा छलफल समेत गर्नुभएको थियो । 

अनुगमनमा वडा नम्वर ७ का वडा अध्यक्ष एक्क बहादुर पाण्डे, वडा नम्वर ५ का वडा अध्यक्ष समिर जंग मल्ल, वडा नम्वर २ का वडा अध्यक्ष दिनेश खड्का, वडा नम्वर ८ का वडा अध्यक्ष जयबहादुर थापा मगर, मुसिकोट नगरपालिकाका लेखापाल केदार शर्मा, सामाजिक परिचालक शोबिराम केसीको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्