नेभिगेशन
समाज

मर्यादित एसइईका लागि केन्द्राध्यक्षहरुलाई अभिमुखिकरण

रुकुम पूर्वबाट एक हजार ३० बिद्यार्थीले एसइई दिने

रुकुम पूर्व । शिक्षा विकास तथा समन्वय ईकाई रुकुम पूर्वले माध्यामिक शिक्षा परीक्षा (एसइई) का लागि केन्द्राध्यक्षहरुलाई अभिमूखीकरण सम्पन्न गरेको छ । शनिबार जिल्ला प्रशासन कार्यालय रुकुमकोट रुकुम पूर्वमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो । 

आगामी चैत्र १५ गतेदेखी संचालन हुने एसइई लाई मर्यादित रुपमा संचालन गर्न ऐन, नियम, निर्देशिका तथा निर्देशनमा आधारित रही तोकिएका केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो । 

अभिमूखीकरण कार्यक्रममा परीक्षालाई स्वच्छ, शान्त तथा मर्यादित र प्रभावकारी ढंगबाट कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बारेमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवम् जनप्रतिनिधीसँग छलफल समेत गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथी एवम् जिल्ला समन्वय समिती का उपप्रमुख मोहोन बहादुर केसीले परीक्षालाई मर्यादित ढंगबाट संचालन गर्नका निमित्त आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।

आफू लामो समयसम्म केन्द्राध्यक्षको भूमीकामा रही काम गरेका अनुभवहरु सुनाउदै उहाँले परिक्षा संचालनका सन्दर्भमा अझ बढि भूमिका केन्द्राध्यक्ष तथा निरीक्षकको रहने हुदा दुबैको तालमेल मिल्नुपर्ने बताउनु भएको छ । 

अभिमूखीकरणमा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले परिक्षा प्रणालीलाई सुधार गर्नका निमित्त शैक्षिक पाटोलाई नै बलियो बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । 

बालबालीकालाई विद्यालय सुरुवातको पहिलो दिन देखी नै शैक्षिक गुणस्तरको बाटो पछ्याउदै शिक्षा सिकाउने हो भने परिक्षा प्रणली स्वतः सुध्रिने उहाँले दाबी गर्नुभयो । यसतर्फ अहिले सिस्ने गाउँपालिका मात्रै नभई जिल्लाका अन्य पालिकाहरुले समेत शैक्षिक गुणस्तर निर्माणका निमित्त छलफल गरिरहेको बताउनुभयो । 

परीक्षालाई शान्त र मर्यादित तरिकाले नभई फितलो तरिकाबाट संचालन गर्दा परीक्षा प्रणालीमा एकरुपता ल्याउन नसकेको सहभागी प्रधानाध्यपकहरुको भनाई रहेको थियो । परीक्षालाई परीक्षा जस्तो बनाउनका लागि सम्बन्धित बिद्यालयहरुले हर प्रयास गरेतापनि सोचेजती उपलब्धी प्राप्त गर्न नसकेको उहाँहरुको भनाई छ । 

पछिल्लो समय बिद्यार्थीहरु पढाई लेखाईमा भन्दा पनि मोबाईल फोनमा नै बढि केन्द्रित हुने र परिक्षाको समयमा पनि मोबाईलको प्रयोग अत्याधिक मात्रामा हुने गरेको उहाँहरु बताउनुहुन्छ ।

f2720e50-9e6f-4296-83c0-fdf0c620e2351711200229.jpeg

जिल्लामा अहिले जम्मा ८ वटा परिक्षा केन्द्र तोकिएको छ । ८ वटा परिक्षा केन्द्रमा केन्द्राध्यक्षको भूमिकामा रहने गरी बिभिन्न बिद्यालयका ८ जना प्रधानाध्यापकहरुलाई आज नै केन्दाध्यक्षको नियुक्ती पत्र समेत प्रदान गरिएको । 

शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख तिलक गौतमले बिद्यार्थीमैत्री वातावरण सिर्जना गरी परीक्षालाई मर्यादित तरिकाले सम्पन्न गर्नका लागि केन्द्राध्यक्षहरुलाई अनुरोध समेत गनुभएको छ ।

यस वर्षको माध्यामिक शिक्षा परिक्षामा प्राविधिक धार तथा साधारण तर्फका १ हजार ३० जना बिद्यार्थीहरु सहभागी रहने इकाई प्रमुख तिलक गौतमले जानकारी दिनुभयो । जसमा ५ सय ३३ छात्रा र ४ सय ९७ छात्रहरु रहेका छन् । 

निमित्त प्रमुख जिल्ला अधिकारी गोपाल श्रेष्ठको अध्यक्षता रहेको उक्त अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख मोहोन केसीको प्रमुख आतिथ्यता रहेको थियो भने सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठको बिशेष अतिथ्यता रहेको थियो । 

कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, बिभिन्न विद्यालयका प्रधानाध्यापकहरु लगाएत पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख तिलक गौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज