Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमकोटमा प्राथमिक उपचारका लागि चार दिने तालिम सम्पन्न

आइतबार, चैत ११, २०८०
tribeni2

रुकुम पूर्वमा आधारभूत प्राथमिक उपचार सम्बन्धी ४ दिने तालिम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी रुकुम पूर्वको आयोजना तथा जापानीज रेडक्रस सोसाईटी को आर्थिक सहयोगमा गत चैत्र ८ गतेदेखि सुरु भएको समुदायको अगुवाईमा विपद् जोखिम न्यूनीकरण कार्यक्रम अन्तर्गत उक्त तालिमको आज एक औपचारिक कार्यक्रमका बिच समापन गरिएको हो ।

मानव जीवनमा विपद्का रुपमा निम्तिन सक्ने आपत्कालीन अवस्थाहरु, घाउ चोटपटक, बिमारी तथा वातवरणीय समस्याहरुका प्राथमिक उपचारका लागि समुदायमा नै स्वयंसेवकहरु तयार पार्ने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी रुकुम पूर्वका संयोजक दामोदर गौतमले जानकारी दिनुभयो ।

अस्पतालको अभाव र आपत्कालीन अवस्थाका घटनाहरुमा यस्तो प्रकारको तालिम प्राप्त गरेका स्वयंसेवकहरुले समूदायका नागरिकहरुकको प्राथमिक उपचार गर्नमा मद्धत गर्नेछन् । जसले नागरिकको स्वास्थ्य सेवामा टेवा पुग्ने छ ।

तालिममा प्राथमिक उपचार र यसका सिद्धान्त, प्राथामिक उपचार का मुख्य चरणहरु र आपत्कालीन घटनाका गरिने मुख्य प्राथमिक उपचारका बारेमा तालिममा सिकाईएको थियो । कतिपय अवस्थामा प्राथमिक उपचार नपाएर नागरिकले ज्यान गुमाउने हुदा समूदायमा यस्तो तालिम प्राप्त स्वयंसेवकहरुको आवश्यकतालाई मध्यनजर गरी तालिम आयोजना गरिएको आयोजकले बताएको छ ।

चार दिनसम्म संचालन भएको उक्त तालिममा तालिम कोर्डिनेटर प्रकाश श्रीबिन्दु, भिमलाल मरासीनी, मोहोल कुमार पाण्डे, बिश्राम अधिकारी ले प्रशिक्षण दिनुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी रुकुम पुर्वका सभापति दामोदर गौतमको अध्यक्षता रहेको कार्यक्रममा सिस्ने गाउपालिका अध्यक्षको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा सिस्ने गाउपालिका उपाध्यक्ष गोपाल रेउले निमित्त प्रमुख जिल्ला अधिकारी गोपाल श्रेष्ठ सिस्ने गाउपालीका ५ र ६ नम्बर वडा अध्यक्ष बिरेन्द्र बस्नेत र पुर्णजङ्ग मल्लको उपस्थिती रहेको थियो । कार्यक्रमको सन्चालन भुपेन्द्र आचार्यले गर्नु भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  २०:२०
प्रतिक्रिया दिनुहोस्